आज अन्तर्राष्ट्रिय परिवार दिवस, यसरी मनाउन थालिएको थियो !

काठमाडौ । आज मे १५ तारिख अर्थात अन्तर्राष्ट्रिय परिवार दिवस मनाईंदैछ । व्यक्तिको जीवनमा परिवारको महत्वबारे स्मरण गर्दै हरेक वर्ष मे १५ तारिखका परिवार दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ ।

विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो । यसपटक कोरोना महामारीले यो दिवसको महत्वलाई अझ बढाएको छ । परिवारसँगै बस्नुपर्ने भएपनि सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *