झापाबाट काठमाडौं आउन पूर्वराजा ज्ञानेन्द्रलाई गृहले दिएन अनुमति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाडौं आउन गृहमन्त्रालयबाट अनुमति नदिइने भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन झापा प्रशासनले गृहसँग अनुमति मागेपछि गृहले पास नदिने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको स्रोतले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पूर्व राजा शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन दिएका थिए ।

गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ।

मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहको निर्णय रहेको छ ।

तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको गृहले जनाएको छ ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *