बर्दियास्थित क्‍वारेन्टाइनबाट युवती भागेपछि…

बर्दिया । बर्दियाको मधुवन नगरपालिका—८ स्थित शिवदुर्गा माध्यमिक विद्यालयको क्‍वारेन्टाइनबाट बिहीबार बिहान एक युवती भागेकी छन् ।

६ दिनदेखि क्‍वारेन्टाइनमा बसिरहेकी ती युवती शौच गर्ने बहानामा भागेकी मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसीले बताएका छन् ।

एकहप्तादेखि क्वारेटिाइनमा बस्दै आएकी करिब २२ वर्षीया ती युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रयागपुरको क्‍वारेन्टाइनबाट ८ जना भारतीय नागरिक पनि क्‍वारेन्टाइनबाट भागेका थिए ।

शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भारतको बहराईच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *