सामाजिक सञ्जालमा सेलिब्रेटीः को–कति लोकप्रिय ?

काठमाडौं । विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । विश्वका कयौँ देशहरु लकडाउन छन् । सर्वसाधारणदेखि सेलिब्रेटिसम्म घरैमा बसी लकडाउनको पालना गरिरहेका छन् ।

कति सेलिब्रेटीहरु यो संकटको समयमा राहत बाँडिरहेका छन् भने कति सेलिब्रेटीहरु परिवारसँग समय बिताइरहेका छन् । केही सेलिब्रेटि सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा पनि सक्रिय देखिन्छन् ।

अरुबेला फ्यानसँग हाई, हेल्लो गर्न समेत फुर्सद नपाउने उनीहरु अचेल इन्स्टाग्राममा लाइभ आउने, फ्यानहरुसँग कुराकानी गर्ने गर्छन् । तर सामाजिक सञ्जालमा को–कति लोकप्रिय छन् त ? यो थाहा नहुन सक्छ कतिपयलाई ।

इन्स्टाग्राममा अभिनेत्री रेखा थापालाई २ लाख ७ हजारले पछ्याएका छन् भने नायिका पुजा शर्मालाई ३ लाख १ हजार शुभचिन्तक तथा फ्यानहरुले पछ्याएका छन् ।

त्यसैगरी नायिका आँचल शर्माको ३ लाख ४७ हजार, नायक पल शाहको १ लाख ५ हजार, नायक प्रदीप खड्काको १ लाख ३९ हजार, नायक अनमोल केसीको ३ लाख २७ हजार, महानायक राजेश हमालको २ लाख १ हजार फलोअर्स छन् ।

नायिका केकी अधिकारीलाई ५ लाख २० हजार, स्वस्तिमा खड्कालाई ८ लाख २५ हजार दीपाश्री निरौलालाई २ लाख ३९ हजार, वर्षा राउतलाई ५ लाख ४४ हजार, नायक आकाश श्रेष्ठलाई ७२ हजार १, संजोग कोइरालालाई ८१ हजार ५ सय, नाजिर हुसेनलाई ९२ हजार ५ ले शुभचिन्तकहरुले पछ्याएका छन् ।

त्यस्तै नायिका स्वेता खड्कालाई ३ लाख ५० हजार, गरिमा पन्तलाई २ लाख २४ हजार, रिमा बिस्वकर्मालाई ३ लाख १३ हजार र नायिका प्रियंका कार्कीलाई ९ लाख ८८ हजार शुभचिन्तकले पछ्याएको देख्न सकिन्छ ।

फलोअर्सको संख्याबाट पनि पनि बुझ्न सकिन्छ कि कसको लोकप्रियता कति छ । फलोअर्सको तथ्यांक हेर्ने हो भने प्रियंकाको सबैभन्दा बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *