जुम्लामा ८ सय ४९ जनाको रिपोर्ट नेगेटिभः विज्ञ भन्छन्– ढुक्क नहुनुस्

  • ईश्वरी प्रसाद देवकोटा

जुम्ला । जिल्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहबाट संकलित ८ सय ४९ जनाको स्वाब नमुना परिक्षण गर्दा नेगेटिभ आएको छ । तर यसमा ढुक्क नहुन तथा लगडाउनलाई खुकुलो नबनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

लगडाउनकै बीचमा छिमेकी राष्ट्र भारत लगायत जिल्ला बाहिरबाट ८ हजार बढी मान्छे जुम्ला भित्रिएका कारण ८ सय ४९ जनाको रिपोर्टले मात्र ढुक्क हुन नसिकने जानकारहरुको भनाइ छ ।

देश संकटको घडीमा रहेकोले सामाजिक सञ्जालमा हाईलाइट हुन तथा प्रचार प्रसारको रुपमा कोरोनालाई नलिन समेत विज्ञहरुको सुझाव छ ।

लगडाउन चलिरहकै बेला विभिन्न ठाउँबाट उद्धार गरि जुम्ला भित्र्याईएका र, भारत लगायत अन्य मुलुकहरुबाट आएका मानिसहरुको सीघ्र स्वाब कलेक्सन तथा परिक्षण भई कम्तिमा ८ हजार बढीको परिक्षण नेगेटिभ आए मात्र ढुक्क हुन सकिने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *