लकडाउनमा कलाकारहरुको देनिकी : कोही फुर्सदिला, कोही समस्यामा !

काठमाडौं । विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको लडाइ लडिरहेको छ । यो संकटपूर्ण अवस्थामा सबै जोखिममा छन् । यसबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको घरभित्रै बसेर सुरक्षा अपनाउनु हो ।

कोरोना जोखिम न्यूनीकरणका लागि विश्व नै लकडाउनको अवस्थामा रहेको बेला सम्पूर्ण व्यापार व्यवसायहरु धरापमा परेका छन् ।

यस्तो अवस्थामा नेपालका व्यवसायी लगायत नेपाली लोक गीत संगीत क्षेत्र पनि धरासायी बनेको छ भने कलाकारहरु व्यस्त दैनिकीबाट फुर्सदिला भएका छन् ।

नेपाली लोक दोहोरी कलाकारको एउटा साझा घर राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान कलाकारहरुको छाता संगठन हो । अहिले यो कोभिड–१९ को आपतकालीन समयमा अप्ठ्यारोमा परेका कलाकारहरुलाई प्रतिष्ठानले राहत वितरण पनि गरिरहेको छ ।

समस्यामा परेका झनडै ३ सय कलाकारहरुलाई प्रतिष्ठानले खाद्य सामाग्री वितरण गरेको छ। समस्यामा परेका कलाकारहरुलाई प्रतिष्ठानले हयोग गरिरहेको छ ।

यतिवेला गायिका राधिका हमाल पनि घरमा नै बसेर सरकार को नियम पालना गरिरहेकी छन् । यो समयमा उनले घरमा बसेर रसबरी बनाउन सिकेकी छन् भने घरमा नै बसेर अनलाइन मिटिंग गर्ने, गेम खेल्ने फेसबुक लाइभमा साथी भाइ संग कुराकानी गर्ने गीत गाउने जस्ता क्रियाकलाप गरी समयको सदुपयोग गरिरहेकी छन् ।

त्यस्तै उनले समस्यामा परेका कलाकारहरुलाई राहत वितरण पनि गरिरहेकी छन् । धेरै लोक दोहोरी कलाकारहरु दोहोरी साँझमा कम गर्छन् । कति कलाकारहरु त लकडाउन हुनु भन्दा अगाडी नै गाउँ गइसकेका छन् । काठमाडौँमा बसेर समस्यामा परेका र जसलाई दैनिकी चलाउन गाह्रो परेको छ । उनीहरुलाई प्रतिष्ठानले राहत दिँदै आएको छ ।

कलाकारहरुका लागि काठमाडौँ महानगरपालिकाले पनि २८ बोरा चामल ५ बोरा दाल साबुन नुन तेल उपलब्ध गराएको थियो ।

कोभिड १९ को आपतकालीन सहयोग समितिमा रहेका रिता थापा, सुवाष केसी, हरि डागी, सम्झना लामिछाने मगर, देवी घर्ती, प्रकाश भट्ट, पी एन सापकोटा, आदिले सहयोग गरेका छन् ।

यसै गरी गायिका सुनिता दुलाल पनि घरमै बसेर गीत कम्पोज गर्ने एक्ससाइज गर्ने र परिवारसँग समय बिताइरहेकी छन् ।

गायक सुकदेव अधिकारी अहिले लकडाउनको समयमा घरमै बसी सरकारको नियमलाई पालना गरिरहेका छन् । उनले अहिले घर परिवारलाई पनि समय दिइरहेका छन् । उनले भने,‘पढ्ने बानी हराई सकेको थियो अहिले धेरै जसो समय किताबहरु नै पढ्छु, सानो छोरा छ, उसँग समय बिताउँछु । भान्सामा पनि सहयोग गर्छु । ’

त्यसैगरी गायिका सुमित्रा तामाङले पनि घरमै बसी लकडाउनको पालना गरिरहेकी छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उत्तम उपाय भनेको घर भित्रै बस्नु बाहिर नजानु बताइन् । उनी भन्छिन्,‘हामी कलाकारलाई रमाइलो गर्दै हिंड्नुपर्ने मान्छे लाई एकैठाउँमा बस्नु परेको छ । एक्दमै नरमाइलो छ । कोरोना अब विश्वव्यपीरुपमा फैलिएको महामारी रोग हो । आझैसम्म यसको औषधि बनेको छैन । अब यबाट बच्ने ठूलो उपाय भनेको नै घर बाहिर नजानु हो । त्यसैले सबै जना घर भित्र बसेर सरकार को नियम पालना गर्नु उचित होला ।’

उनले भनिन््, ‘अब यति बेला कार्यक्रमको सिजन धेरै थियो असर त कलाकारलाई कति भाछ, भन्ने हामी कलाकारलाई नै थाहा छ, के गर्ने ज्यान भन्दा ठुलो केहि छैन, मन बुझाएर बस्नु परेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *