कोरोनाको उच्च जोखिममा पत्रकार : अति प्रभावित जिल्लाका पत्रकारको पीसीआर परीक्षण गर्न महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले अति प्रभावित जिल्लाका फिल्डमा खटिने पत्रकारको पीसीआर परीक्षण गर्न माग गरेको छ । मंगलबार वीरगञ्जमा पत्रकारमा पनि कोरोना संक्रमणको पुष्टि भएसँगै महासंघले एक विज्ञप्ति जारी गर्दै उच्च जोखिममा रहेका अति प्रभावित जिल्लाका फिल्डमा खटिने पत्रकारको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको हो ।

मंगलबार पुष्टि भएका ५७ जना कोरोना संक्रमितमध्ये पत्रकारमा पनि कोरोना संक्रमण देखिएकाले महासंले पत्रकारका लागि पनि आवश्यक सुरक्षा समाग्रीको व्यवस्था गर्न तथा पत्रकारलाई गम्भीर हुन र सचेत हुन आग्रह गरेको छ ।

‘यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाइका बाबजुद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ’ महासंका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।’

नेपालमा पहिलोपटक मंगलबार वीरगञ्जमा २ जना पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *