नेपालमा कोरोनाको जोखिम बढ्दोः स्वास्थ्यकर्मी समेत संक्रमित

कपिलवस्तु । कपिलवस्तुको एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार कपिलवस्तुमा थपिएका ८ संक्रमितमध्ये एकजना २५ वर्षीया स्टाफ नर्स पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन् । त्यहाँ स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।

अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

नेपालमा काेराेना संक्रमतिकाे संख्या हालसम्म १९१ रहेकाे छ । आज एकैदिन ५७ जना थपिएसँगै संक्रमितकाे संख्या १९१ पुगेकाे हाे । आज थपिएका सबैलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएकाे छ । कुल संक्रमितमध्ये ३३ जना उपचारपछि निकाे भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *