नेपाको वित्तीयक्षेत्रमै पहिलो पटक भाइबरबाटै एनएमबिमा खाता खोल्न सकिने

काठमाडौं । एनएमबि बैंकले म्यासेन्जरबाटै खाता खोल्न सकिने सेवा सुचारु गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै बैंकले अब घरबाटै भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा सुरु गरेको हो ।

ग्राहकको समस्यालाई मध्यनजर गर्दै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बैंकले यस्तो सेवा सञ्चालनमा ल्याएको हो । बैंकले बैंक तथा वित्तयसेवाहरु प्रवाह गर्न सहजताका लागि म्यासेन्जरबौ सेवा दिने योजना ल्याएको हो ।

अब घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जनाएको छ ।

बैंकले भाइबरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बताएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजनाहो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *