ग्लोवल आइमई बैंकको तेस्रो चैमासको मुनाफा झण्डै पौने तीन अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा झण्डै पौने तीन अर्ब बराबरको मुनाफा आर्जन गर्न सफल भएको छ । तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो मुनाफा आर्जन गर्न सफल भएको बताएको हो ।
यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बताएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४ दशमलव ३६ प्रतिशतले बढि हो । बैंकका अनुसार गत वर्षको यसै अवधि सम्ममा १ अर्ब ८७ करोड २१ लाख २४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

मर्जर अवधिसम्म जनता बैंकले कमाएको नाफा समेत जोड्दा बैंकको खुद नाफा ३ अर्ब १५ करोड रुपैयाँ छ । जनता बैंकले ग्लोबल आईएमईसँग मर्ज हुनुभन्दा पहिले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको बताएको छ ।

बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा ६ अर्ब रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । उक्त व्याज आम्दानी गत वर्षको तुलनामा ६२.७८ प्रतिशत अर्थात २ अर्ब ३२ करोड रूपैयाँले धेरै हो । गत वर्षको यसै अवधि सम्ममा बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०७ पैसाले घटेर २२ रुपैयाँ १६ पैसा रहेको छ । भने, बैंकको प्रतिशेयर नेटवर्थ नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेको छ । यता बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँबाट बढेर १८ अर्ब ९७ करोड र जगेडा कोष पनि ३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

बैंकले चैत्र मसान्तसम्ममा सञ्चालन नाफा ४३.२६ प्रतिशतले बढाएर ३ अर्ब ७९ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुर्याएको जनाएको छ
हेर्नुहोस् बैंकको वित्तीय विवरण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *