रञ्जु दर्शना पक्राउ
२०७७ वैशाख ३० गते

काठमाडौंः भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा प्रदर्शनमा उत्रिएकी विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवाहरु पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलाबाट उनीहरुलाई पक्राउ गरेको हो । रञ्जु दर्शना, प्रमेश श्रेष्ठ र साधना थुलुङ राई पक्राउ परेको विवेकशीलले जनाएको छ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको छ ।
२०७७ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








