हालसम्म ५८ हजार बढी आरडिटी परीक्षणः कुन प्रदेशमा कति ?

काठमाडौं । हालसम्म पीसिआर प्रविधिबाट १७ हजार ८०९ र आरडिटी विधिबाट ५८ हजार ५४६ वटा स्वाब नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा थप २ हजार ७९९ वटा स्वाब नमुना परीक्षणहरु भएका छन् ।

प्रदेश १ मा ७ हजार ७३७, प्रदेश २ मा ५ हजार ९२७, बागमती प्रदेशमा ९ हजार २९०, गण्डकी प्रदेशमा ६ हजार ४८४, प्रदेश ५ मा ६ हजार ९८५, कर्णाली प्रदेशमा ६ हजार ११४ र सूदुरपश्चिम प्रदेशमा १५ हजार ९ वटा स्वाब नमुना आरडिटी विधिबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यस्तै हालसम्म १२ हजार ७०१ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा रहेका सम्भावित संक्रमित तथा संक्रमितहरुको कुल संख्या १५३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *