घरघरमा अतिआवश्यक वस्तु तथा खाद्यान्न ढुवानी गर्ने साना गाडीका लागि टाइमकार्ड लागू नहुने

काठमाडौं । सरकारले आइतबारदेखि उपत्यकामा जुनसुकै सवारी साधनका लागि टाइमकार्ड लागू हुने नीयम लगाए पनि सानो परिमाणमा खाद्यान्न तथा तरकारीलगायतका वस्तु ढुवानी गर्ने साना गाडीका लागि टाइमकार्ड लागू नहुने भएको छ ।

घरघरमा खाद्यान्न, तरकारी तथा घरायसी प्रयोजनका लागि चाहिने अतिआवश्यक वस्तु ढुवानी गर्ने साना गाडीका लागि टाइमकार्ड लागू नगरिने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताए ।

महाशाखा प्रमुख ढकालले ठूलो परिमाणमा खाद्यान्न बोकेर बाहिरबाट भित्रिने सवारीका लागि टाइमकार्ड लागू हुने भएपनि उपत्यकाभित्रका साना सवारीहरुका लागि भने यो लागू नहुने बताए । उनले भने, ठूलो परिमाणमा खाद्य सामग्री बोकेर बाहिरबाट आउने सवारीलाई मात्र समयसीमा तोकिएको हो, उपत्यकाभित्रै सानो परिमाणमा खाद्यान्न डेलिभरी गर्न हिँडेका सवारी रोकिने छैनन्।

उनले बाहिरबाट व्यापारीले ल्याउने आद्यान्न १० बजेभित्र गोदाम ल्याउनुपर्ने र भित्री डेलीभरी नरोकिने बताए । उनले भने, ‘एउटा व्यापारीले बाहिरबाट ल्याउने खाद्यान्न १० बजेभित्र गोदाम ल्याइपुर्‍याउनु पर्नेछ, त्यसपछि गरिने भित्री डेलिभरी रोकिँदैन।’

आइतबार धेरैजसो साना खाद्यान्न ढुवनी गरिरहेका गाडीहरु पनि समातिएकोमा यसबारे सबैलाई राम्ररी सूचना सम्प्रषण नभएको बताए । उनले भने, ‘सूचना राम्ररी सम्प्रेषण नभएकाले यो समस्या आएको हुन सक्छ। हामीले ठूला गाडी मात्र रोक्न भनेका हौं। थोरै परिमाणमा खाद्यान्न बोकेकालाई समयसीमा तोकिएको होइन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *