‘चिनियाँ मिडियाले सच्यायो ‘सगरमाथा नेपालकै हो’

काठमाडौं । शनिबार साँझ एक चिनियाँ सञ्चार माध्यमले विश्वकै सर्वोच्च शिखर सगरमाथाका केही तस्विर शेयर गर्दै सगरमाथा चीनमा पर्ने उल्लेख गरेकोमा सच्याएको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो ।
प्रकाशित गरेको उक्त सामग्रीमा सगरमाथा चीनको स्वसाशित क्षेत्र तिब्बतको भू–भागमा पर्ने उल्लेख थियो ।
हेर्नुहोस पुरानो ट्विट


तर, सोको चौतर्फी विरोध भएपनि उक्त सञ्चार माध्यमले आफ्नो ट्विट नै डिलिट गरेर पुनः सगरमाथा नेपालको भूमीमा रहेको उल्लेख गर्दै अर्को ट्विट गरेको छ ।
नयाँ ट्विट

चिनियाँ सञ्चार माध्यमले गलत सन्देश प्रवाह गरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *