भारतको जवाफ- ‘सडक आफ्नै भूमिमा बनाइएको हो, अतिक्रमण भएको छैन’

काठमाडौं । नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको हो ।

उक्त सडक खण्ड उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने र तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत रहेको विज्ञप्तिमा उल्लेख छ । ‘अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्र हो,’ विज्ञप्तिमा भनिएको छ- ‘पहिलेदेखि कैलाश मानसरोवर जाने धमालम्विहरुले प्रयोग गरेको बाटोमानै सडक बनाएको हो ।’

साथै मन्त्रालयले नेपाल र भारतबीचका सबै सीमासम्बन्धी विषय सम्बोधन गर्न लागि विदेश सचिवस्तरीय संयन्त्र रहेको उल्लेख गर्दै नेपालासँगको सीमा निर्धारण प्रक्रिया चलिरहेको जनाएको छ ।

दार्चुलाको व्यास गाउँपालिका-१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । त्रिदेशीय सीमामा अवस्थित व्यासलाई विगतदेखि नै सरकारले चासो नदिँदा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको स्थानीयले गुनासो गरेका छन् ।

यो पनि :- लिपुलेकमा सडक बनाएकोप्रति नेपाल सरकारको आपत्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *