सार्वजनिक बिदा पुनरावलोकन गर्न सरकारले गठन गर्यो कार्यदल
२०८३ साउन ४ गते

काठमाडौं । सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था सुरु भएपछि सार्वजनिक बिदाको व्यवस्थामा पुनरावलोकन आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् ।
बैठकले कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ ।
कार्यदलले सार्वजनिक बिदाको प्रभाव, आवश्यकता र व्यवस्थापन पक्षबारे अध्ययन गरी सरकारलाई सुझाव दिनेछ ।
२०८३ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








