‘बेटी बचाओ और बेटी पढाओ’ कि ब्राण्ड एम्बेष्डर रकुल (फोटो फिचर)

काठमाडौं । दक्षिण भारतीय चलचित्रमा राम्रा कलाकारहरुको कमी छैन । नायिकाहरुकै कुरा गर्दा दक्षिण भारतीय केही नायिकाले बलिउड कलाकारको भन्दा राम्रो पारिश्रमिक लिन्छन् ।

दक्षिण भारतीय फिल्ममा स्थापित कलाकार हुन् रकुल प्रित

सन् १०९० मा जन्मिएकी रकुल प्रितिले २००९ मा कन्नड फिल्म गिल्लीबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि रकुलले सन् २०११ मा केरतममा काम गरिन् । तर, केरतमले खासै सफलता प्राप्त गर्न सकेन ।

रकुलले २०१२ मा तलिम फिल्म ठदाईयारा थाक्कामा अभिनय गरिन् । त्यसपछि २०१३ मा पुथगम तथा वेंकटद्री एक्सप्रेस आयो यी दुई फिल्मले रकुललाई ठूलो सफलता दिलायो । रकुलले सोही वर्ष फिल्म फेयर अवार्डमा सर्वश्रेष्ठ अभिनेतृको अवार्ड पाइन् ।

२०१५ मा रकुलले अरु सफलता प्राप्त गरिन् । २०१५ मा रकुलको आधा दर्जन फिल्ममा मुख्य भुमिका निर्वाह गरिन् । जसमा उनले ४ वटा त तेलंगु फिल्म गरिन् । रवि तेजासँग किक २, रामचरणसँग ब्रुस ली, जुनियर एनटिआरसँग नन्न्कु प्रेमथो, अल्लु अर्जुनसँग सराइनोडूमा अभिनय गरिन् ।

रकुलले हिन्दी फिल्ममा पनि काम गरेकी छिन् । उनले अजय देवगनसँग दे दे प्यार देमा काम गरेकी छिन् । यसका अलावा  यारियाँमा पनि काम गरेकी छिन् ।

रकुल तेलंगना सरकारको ‘बेटी बचाओ और बेटी पढाओ’ अभियानकी ब्राण्ड एम्बेष्डर समेत हुन् । पछिल्लो समय रकुल नायक जोन अब्राहमसँग चलचित्र ‘एट्याक’मा देखिँदैछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *