एक लाख घुससहित वन कार्यालयका प्रमुख पक्राउ

नुवाकोट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो ।

अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।

सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *