प्रदर्शन गर्न गएका २० जना पक्राउ

काठमाडौं। प्रहरीले प्रदर्शन गर्न गएका २० जनालाई नियन्त्रणमा लिएको छ। भारतीय दूतावास लैनचौरमा विरोध प्रदर्शन गर्न गएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतले नेपाली भूमि अतिक्रमण गरेर एकतर्फी रूपमा सडक बनाएको विरोधमा अनेरास्ववियूको नेतृत्वमा उनीहरू त्यहाँ प्रदर्शन गर्न गएका थिए। तर प्रहरीले प्रदर्शनको निर्धारित समयअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई खानी तथा भूगर्भ विभाग नपुग्दै नियन्त्रणमा लिइएको बताइएको छ। भारतले नेपाली भूमि लिपुलेक कालापानी हुँदै मानसरोवरसम्म जाने सडकको शुक्रवार उद्घाटन गरेको थियो। भारतको उक्त कदमविरुद्ध नेपालका राजनीतिक दल, विभिन्न संगठनले विरोध जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *