सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डीएसपीसहित ५ जना घाइते

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा चिनियाँ नागरिक र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप हुँदा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए ।

विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । झडपका क्रममा चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *