नेकपाका २० स्थायी सदस्यहरु धुम्बराही बैठकमा

काठमाडाैं । आज निर्धारित नेकपाको स्थायी कमिटीको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिनलाई सारेपछि असन्तुष्ठ पक्षहरुले छुट्टै बैठक गर्दैछन् ।

नेकपाका असन्तुष्ट स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुमबाराहीमा चलिरहेको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकट २० स्थायी कमिटी सदस्यहरु सहभागी भएका छन् ।

धुम्बराही श्रोतका अनुसार बैठकमा हिजो बसेको नेकपाको सचिबालय बैठकमा प्रधानमन्त्री ओलीले देखाएको ब्यवहारको चर्चा भइरहेको छ । आज बस्ने सचिबालय बैठकका एजेण्डा तय गर्न हिजो बसेको सचिबालयमा बैठकमा अनायासै प्रधानमन्त्री ओलीले आफू थाकेको भन्दै बैठकै छाडेर बारिरिएका थिए ।

स्थायी कमिटी बैठकको लिखित माग गरे पनि ओलीले बैठक बोलाउन अनिच्छा देखाएकाले पार्टी कार्यालयमै बैठक राखेर सांकेतिक विरोध गरिएको स्रोतको दावि छ । ‘उहाँले स्थायी कमिटीको बैठक बोलाउने इच्छा नै नगरेपछि विरोध स्वरुप आज हामीहरु भेला भएका हौं ।’ एक स्थायी सदस्यले भने ।

पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आफूहरु कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा जुटेको बताउँदै पार्टीलाई एकतावद्ध बनाउने, विधि, प्रक्रियामा पार्टी सञ्चालन गराउने उद्देश्यले आफुहरु जुटेको बताए ।

बैठकमा स्थायी कमिटीको माग गर्दै हस्ताक्षर गर्ने अधिकांश स्थायी कमिटी सदस्यहरु उपस्थित छन् । बैठकले अबको रणनीति तयार गर्ने बताइएको छ ।

आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक अनिश्चित बनेपछि बैठकको माग गर्दै हस्ताक्षर गर्ने २० जनाले फेरि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *