भारतमा केमिकल उद्योगबाट ग्यास चुहावट, कम्तीमा आठको मृत्यु

काठमाडौं। भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रासायनिक उद्योगमा ग्यास चुहिँदा आठजनाको ज्यान गएको छ। सयौँ मानिसहरु बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।

बीबीसीको समाचार अनुसार बिरामीले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन्। प्रहरीले रासायनिक उद्योग आसपासका पाँच गाउँका मानिसलाई सुरक्षित स्थानमा लगेको छ। आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका एक अधिकारीका अनुसार लिक भएको ग्यास स्टाइरिन हो।

बिहान ३ बजेको सयमा ग्यास चुहावट भएको हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए। कोरोनाभाइरस नियन्त्रणका लागि घोषित लकडाउनका कारण २४ मार्चपछि पहिलोपटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्।

ग्यासको धुवाँ तीन किलोमिटर वरिपरि फैलिएको र प्रभावित क्षेत्रबाट मानिसहरूको उद्धार थालिएको छ। अहिले ग्यास चुहावट रोक्ने प्रयत्न भइरहेको छ। स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *