सिटिजन्स बैंकद्वारा मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंकले वडा प्रहरी कार्यालय विर्ता, पर्सालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाईजर प्रदान गरेको हो ।

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई सहयोग गरेको हो ।

यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *