इटलीलाई उछिन्दै यूकेमा युरोपकै सबैभन्दा बढी मृत्यु

काठमाडौं । यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । यूकेभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन् ।

यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ। इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन् ।

बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ । तर यो तुलनामा त्रुटि पनि रहेको उनको तर्क छ किनकि यूकेको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ । हरेक देशमा परीक्षणको दर फरक छ, आजको मितिसम्म इटलीमा यूकेमा भन्दा बढी सङ्ख्यामा परीक्षणहरू भइरहेका छन् ।

कोरोनाभाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री राबले देशमा २९,४२७ जना व्यक्तिले ज्यान गुमाएको बताए। यो स्तरमा यसरी देशले ठूलो विपद्‌ कहिल्यै नदेखेको उनको भनाइ थियो । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *