कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

काठमाडौं । कोशी अस्पताल ‘कोभिड-१९ उपचार केन्द्र’ विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज गरिएको छ । उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज गरिएको हो ।

संक्रमण पुष्टि भएका अरु ७ जनाको परीक्षण रिपोर्ट भने ‘पोजिटिभ’देखिएको छ । सबै ६ जना भारतको दिल्लीका नागरिक हुन् । यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए ।

डिस्चार्ज गरिएका सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *