राष्ट्र बैङ्कका गभर्नर अधिकारीको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले राष्ट्र बैङ्कको वेबसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

अधिकारी एक महिनाअघि चैत २४ गते केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त भएका हुन् ।

गभर्नर अधिकारीको ललितपुरको सैँबुमा २२०० वर्ग फिटमा बनेको घरसमेतको जग्गा रहेको छ भने झापामा ४ ठाउँमा, ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ ।

अधिकारीले चल सम्पत्तिको रूपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाको खातामा भने करिब १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरूको एक करोड बढीको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यस्तो छ गभर्नर अधिकारीको सम्पत्ति विवरण :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *