कोरोना संक्रमित युवा अस्पतालभित्रै नाचेपछि…

बुटवल । रामनगरस्थित धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित एक युवा नाचेर आफ्नो आत्मबल बढाइरहेका छन् । कोरोना संक्रमणको पुष्टि भएपछि निराश भएका २५ वर्षीय युवा अहिले आफूलाई खुसी राख्न अस्पतालभित्रै नाच्दै बिताइरहेका छन् ।

उनी बुटवलको कोरोना अस्पतालमा भर्ना भएका रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका हुन् ।

उनी कोरोना संक्रमित भए पनि अस्पतालमा पूरै मनोरन्जन गर्दै आफ्नो आत्मबल बढाइरहेका छन् । उनी बिरामि जस्तो नभइ समान्य जस्तै दिन बिताइरेका छन् ।

उनको गत शुक्रबारको परीक्षणबाट कोरोना पुष्टि भएको थियो । संक्रमणकोपुष्टि भएपछि निराश हुन नदिन अस्पतालमै उनलाई विभिन्न परामर्शका साथै मनोरञ्जनको वातावरण पनि मिलेको छ ।

उनी अहिले अस्पताल भित्र कोरोनका एक्ला बिरामी हुन् । एक्लै भएकाले निराश हुन नदिन उनलाई काउन्सिलिङ गर्ने र गीत बजाइने गरिएको छ । मन पर्ने गीत बजेपछि शय्यामा रहेका उनी आफै उठेर नाच्न थाल्छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का युवाले आत्मबल बढाउन रमाइरहेको बताए । उनले भने, ‘संक्रमित भइहालियो, अब खुसी भएर यसलाई जित्नु छ ।’

उनको नाचिरहेको भिडियो त्यहाँ कार्यरत एक नर्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अहिले भिडियो भाइरल भएको छ । कोरोना लाग्यो भन्ने सुनेपछि छाँगाबाट खसेझै‌ं भएको बताउादै उनले अहिले अस्पालमा आएर रमाउन सिकेको बताए ।

लुम्बिनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बिरामीलाई सकरात्मक ऊर्जा दिन नर्स तथा चिकित्सकीय टोली खटिएको बताए । उनले भने, ‘बिरामीलाई एक्लै बस्दा निराशा नहोस भनेर अस्पताललाई संगीतमय बनाएका छौं, नियमित परामर्श र छलफल पनि गरेका छौं ।’

संक्रमित युवाको संगीतमा रुची भएकाले नाच्‍ने गाउने गरेको उनले बताए । उनले अस्पतालमा १६ जनाको चिकित्सकीय टोली रहेको बताए । उनले ती युवा पहिलो दिन केही हतास रहेको र अहिले सामान्य रहेको बताएका छन् ।

ती युवा राजगारीका लागि भारतको नयाँ दिल्ली गएका थिए । लकडाउन लम्बिएपछि दिल्लीबाट उनी गत बैशाख ४ गते सिमावर्ती सम्मरीमाई गाउँपालिका–२ स्थित ठोटरी नाकाबाट राति लुकेर नेपाल प्रवेश गरेका थिए । उनलाई वैशाख ५ गते दिँउसो आफ्नै दाइले मझगावा आदर्श माविको क्वारेन्टाइन पुर्‍याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *