लागूऔषधसहित १४ जना पक्राउ
२०८३ असार १३ गते

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुईरदुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूका साथबाट लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन तथा चिकित्सको सिफिारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको छ ।
पछिल्लो समय मुलुकमा लागुऔषध सेवन र ओसारपसार गर्ने युवाको संख्या बढ्दो छ । अझ विशेषगरी भारतसँग सीधा सिमा जाडिएका जिल्लाहरुमा यो बढेको छ ।
२०८३ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित









