कार्यशैली र सङ्गठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीभित्रको कार्यशैली र सङ्गठनात्मक अवस्था कमजोर भए पनि जनताका बीचमा पार्टीको ‘एजेन्डा’ स्थापित भएको बताएका छन् ।

सो पार्टीको काठमाडौँ जिल्लास्थित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेपछि पार्टीको जनमत वृद्धि भएको बताए ।

नयाँ सोच, कार्यशैली र योजनाका साथ आगामी महाधिवेशनलाई पार्टी सुधारको अवसरका रूपमा लिने उद्घोष गर्दै उनले राजसंस्था र हिन्दू राष्ट्रको मुद्दालाई आफूहरूले निरन्तर अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =