भारतबाट आएको ट्रकभित्रबाट एक करोड ९ लाख बढी भारतीय नाेट बरामद

  • सुजता निङ्लेकु

विराटनगर । भारतको सुपौलबाट आएको खाली ट्रकमा ठूलो परिमाणमा भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल प्रवेश गरेको डब्लुबी ७३ ई ७६७५ नम्बरको .खाली ट्रक चेकजाँच गर्ने कार्टुनभित्र बोरामा राखेको अवस्थामा विराटनगर भन्सारबाट मङलबार एक करोड ९ लाख ७९ हजार पाँच सय ३० भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

कोरोना भाइरस संक्रमणकाे उच्च जोखिमलाई न्यूनिकरण गर्न सरकारले लकडाउनको घोषणा गरेसँगै सिमा नाका सिल भएपनि अतिआवश्यक बस्तु मात्रै ढुवानीको मौका छोपेर उक्त ट्रक भारतबाट नेपाल प्रवेश गरेको थियो ।

बरामद भारतीय रुपैयाँमा पाँचसय दरका २१ हजार ९ सय ५५ वटा र अन्य नोटहरु रहेको सशस्त्र प्रहरी ३ नम्बर गण हेड क्वाटर मोरङका प्रमुख एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

उक्त ट्रकका चालक भारतको सिलिगढी गंगानगर ५ का २४ वर्षिय रवि शर्मा र सहचालक भारत मजपुर विहार रोउतिसेया १२ का १८ वर्षिय पप्पु कुमारलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिइ थप अनुसन्धान गरि कार्वाही अगाडी बढाउने एसपी कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *