बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सीसीटीभी फुटेजको आधारमा बझाङको थलरा गाउँपालिका–१ घर भई हाला कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्ने २२ वर्षीय सुनिल खड्कालाई कैलाली प्रहरीले पक्राउ गरेको हो । खड्काले वैशाख १७ गते राति साढे ११ बजे बैंकको एटीएम तोडफोड गरि चोरी प्रयास गरेको सीसीटीभी फुटेजबाट पत्ता लागेको थियो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले युवकलाई सोमबार राति कञ्चनपुरबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *