प्रधानमन्त्री ओलीले गरे झलनाथ खनालसँग छलफल
२०७७ वैशाख २३ गते

काठमाडौं। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनालबीच मङ्गलवार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बुझिएको छ।
उनीहरुबीच स्थायी समिति बैठकका एजेन्डा र पार्टीभित्र पछिल्लो विकसित राजनीतिबारे छलफल भएको छ। अध्यादेश प्रकरणपछि नेकपामा विवाद चर्कँदा नेता खनाल, प्रचण्ड-नेपाल खेमामा उभिएका थिए। उनी प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने समूह मध्येका एक हुन्।
मङ्गलवार बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए। दुई अध्यक्षबीच स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ। नेकपाको सचिवालय बैठक बुधवार बस्दैछ भने स्थायी समिति बैठक बिहीबार बोलाइएको छ।
२०७७ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








