संघीय संसद्का नवनियुक्त महासचिव गौतमले लिए शपथ

काठमाडौं। संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अग्‍निप्रसाद सापकोटाले महासचिव गौतमलाई शसपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण समारोहमा राष्‍ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक, विभिन्‍न संसदीय समितिका सभापतिलगायतको उपस्थिति थियो। शपथ ग्रहणपछि महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए। उनले संविधान र ऐनअनुसार आफ्नो जिम्मेवारी व्यावसायिक ढंगले निर्वाह गर्ने प्रतिक्रिया दिए।

गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को महासचिवमा गौतमलाई नियुक्त गरेकी थिइन्। पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईको पदावधि सकिएपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *