३५ सय नेपाली कामदारलाई घर फर्काउँदै कुवेत

काठमाडौं । कुवेत सरकारले गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्काउने भएको छ । गैरकानुनी हैसियतमा भएका कामदारलाई आममाफी दिएपछि स्वदेश फर्कन इच्छुक झन्डै ३५ सय नेपालीलाई स्वदेश फर्काउने भएको हो ।

उनीहरुलाई बिहीबारदेखि आश्रय दिएर स्थानीय विद्यालय, कलेज र खेल मैदानमा राखिएको छ । कुवेतले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफीको आकर्षक प्याकेज घोषणा गरेको थियो । नेपालीका लागि अप्रिल २६ देखि ३० सम्मको समय तोकिदिएको थियो ।

उक्त समयमा राहदानी नभएका तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएका थिए । राहदानी भएका झन्डै ५ सय जना भने सिधै आश्रय केन्द्र गएका हुन् । उनीहरुलाई नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । नेपालले उडान अनुमति प्रदान गर्नासाथ कुवेतले आफ्नै खर्चमा चार्टर विमानमार्फत उनीहरुलाई नेपाल पठाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *