खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन । चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी ८ निवासी ६३ बर्षका कुलानन्द भण्डारीको मृत्यु भएको हाे ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले बाटो काट्न लागेको मोटरसाइकललाई बेलुका ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि भरतपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *