निको भइसकेका व्यक्तिमा कसरी दोहोरिन्छ भाइरस ? यस्तो छ भ्रमबारेको स्पष्टता !

काठमाडौं । नेपालमा कोरोना भाइरस निको भइसकेका व्यक्ति पुनः अस्वस्थ भइ अस्पताल भर्ना भएका छन् । उनमा फेरि कोरोना भाइरस दोहोरिने हो कि भन्ने आशंका पनि भइरहेका छन् । शनिबार वीरगन्जका एक जनामा निको भएर डिस्चार्ज पनि स्वास्थ्य अवस्था अस्वस्थ भएको पाइएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालले रौतहटका १९ वर्षीय किशोरलाई स्वास्थ्य अवस्थामा आशंका लागेपछि शनिबार राति अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन् । तर उनको रिपोर्ट भने आइसकेको छैन रिपोर्ट आएपछि मात्रै सबैकुरो भन्न् सकिने डा.उपाध्यायले बताएका छन् ।

अहिले भाइरस निको भइसके पनि दोहोरिने सम्भावना रहेको भन्दै सबैमा त्रास उत्पन्न भइरहेको छ ।

ती युवकलाई १४ गते अस्पतालले डिस्चार्ज गरेको थियो डिस्चार्ज गरेको हप्ता दिनपछि उनको स्वास्थ्यमा समस्या आएको हो । उनको चौथो रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका थिए ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसीसँग कुरा गर्दै यसबारे कुरा नवुझी टिप्पणी गर्न नमिल्ने बताएका छन् । उनले भनेका छन्, ‘रौतहटका युवकलाई निको भयो भन्ने कसरी निर्क्योल गरियो र अस्पताल बसिरहँदा उनमा रोगको जटिलता देखाउने सूचकाङ्क कस्ता देखिए लयागतका कुरा नबुझी मैले टिप्पणी गर्न मिलेन। उनलाई साँच्चै निको भएको थियो वा थिएन? त्यही रोगको निरन्तरता हो कि अर्को समस्या भएको हो ?’

नेगेटिभ देखिएका व्यक्तिहरूमा एक दुई हप्तापछि पोजिटिभ देखिएको कुरा त्यसमा छ। त्यसकारण कोरोना भाइरसबारे धेरै दुविधा देखिएको हो। भाइरसले हाम्रो शरीरमा आक्रमण गरिसकेपछि शरीरले रोगप्रतिरोधी क्षमता बनाउन नसकेको हो कि भन्ने शङ्का गर्ने हिसाबले यसबारे चर्चा भएको हो। तर यो एकदमै सानो समूह हो। अर्को कुरा पोजेटिभ आउनुपर्ने व्यक्तिमा कुनै तरिकाले निगेटिभ आएको सम्भावना पनि हुन सक्छ।

उनले पीसीआर आफैँमा रोगको सूचक नभएको बताए छन् । उनले भनेका छन्, ‘मरिसकेका भाइरसका टुक्रा पछिसम्म शरीरमा रहिरहन सक्छन्। त्यसो हुनाले पीसीआर देखिँदैमा भाइरस फर्किन्छ भनिहाल्न मिल्दैन।’

डा. सुवेदीले पछि पीसीआर पोजिटिभ देखिएका व्यक्तिहरूमा सङ्क्रमणका लक्षण चाहिँ नदेखिएको बताएका छन् ।

उनले भाइरसप्रति रोगप्रतिरोधी क्षमता कत्तिको बलियो हुन्छ, कत्ति लामो समय रहने भन्ने कुरा भने अहिलेसम्म थाहा भइसकेको नसकेको स्पष्ट पारेका छन् ।

‘अरू भाइरसहरूको अनुभवबाट के देखिन्छ भन्ने तुरुन्तै फर्किहाल्दैन, कम्तीमा दुई-चार हप्तादेखि दुई-चार महिनासम्म पटक्कै फर्किँदैन’, उनले भने ।

यस्तै अर्का विशेषज्ञ डा.  शेरबहादुर पुनले यो भाइरस कुन समयमा बढी सक्रिय हुन्छ र कुन बेला निष्क्रिय हुन्छ अथवा यसको सङ्क्रमण कति लम्बिन सक्छ भन्ने कुरा यकिनका साथ अहिल्यै भन्न सक्ने अवस्था नरहेको बताएका छन् । उनले कोरोनाभाइरसको उपचारपछि निको भएर गइसकेको मान्छेमा त्यस्तो समस्या नदेखिएको स्पष्ट पारेका छन् ।

यस्तै हाल कोरिया र चीनमा केही मानिसमा चाहिँ निको भइसकेपछि पनि पोजिटिभ देखिएको विवरण आएका छन्।

एक पत्रिकासँगको अन्तर्वातामा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फौसीले भनेका छन्, ‘जो मानिस कोभिड १९ बाट निको भइसकेका छन् उनीहरुमा सामान्यतया केही महिनासम्म रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुनुपर्छ ।’

अनुसन्धानकर्ताहरु पनि यसबारे अनभिज्ञ छन् ।

केही समय अगाडि दक्षिण कोरियाली एक रिपोर्टमा कोरोना संक्रमण निको भएकालाई पनि फेरि पछि कोरोनाकै लक्षणहरु देखा परेको थियो ।

साउथ चाइना मोर्निङ पोस्टका अनुसार १० प्रतिशतसम्म परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएकामा पनि चीनमा पुनः संक्रमण देखिएको थियो । तर वैज्ञानिकहरुले भने भाइरस पुनः देखिनु असम्भाव्य रहेको बताएका छन् ।

इम्पेरियल कलेज लण्डनमा भ्याक्सिनोलोजी विषयमा सिनियर क्लीनिकल रिसर्च शोधकर्ता रहेकी कट्रिना पोलकले यो शरीरको रोग प्रतिरोधात्मक क्षतासँग भर पर्ने भएको बताएकी छन् । उनले बीबीसीसँगको कुराकानीमा भनिन्,‘यदि तपाईंमा यस प्रकारको संक्रमण देखिएको छैन भने तपाईंको प्रतिरक्षा प्रणालीले पहिलो प्रतिक्रियाका साथ प्रतिक्रिया जनाउँछ । जुन गैरविशिष्ट प्रतिरोधात्मक क्षमता हो, जसले संक्रमण रोक्न सहयोग पुऱ्याउँछ । तपाईंले कस्तो प्रतिरक्षा गर्नुहुन्छ भन्ने कुरा तपाईको आहार, तपाईंको आनुवांशिक पृष्ठभूमि र नयाँ संक्रमणसँग जुध्न सक्ने प्रतिरोधात्मक क्षमतामा निर्भर हुन्छ । यो कुरा हाम्रो स्वास्थ्य तथा उमेरले फरक पार्ने गर्दछ ।’

यसबारे विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि चासो देखाएको छ । विश्व स्वास्थय संगठनले अहिलेसम्म निको भइसकेकोलाई पनि किन संक्रमण देखिन सक्छ वा सकिँदैन भन्ने कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) केही दिन अगाडी मात्रै एक पटक कोरोना भाइरस संक्रमण भइ उपचारपछि निको भएका व्यक्तिलाई पनि पुनः संक्रमण हुनसक्ने भन्दै चेतावनी दिएको छ। उपचारपछि निको भएर घर फर्किएकालाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता नहुने डब्ल्युएचओले बताएको हो।

पुनः संक्रमण किन भएको भन्ने बारेमा अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले कोभिड–१९ नयाँ भाइरस भएकाले यसको व्यवहारबारे बुझ्‍न धेरै समय तथा अध्ययन चाहिने बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *