रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति अधिकारीको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन २०६३ सालमा उनका बारेमा ५६ वर्षपछि… नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो । उनका एक छोरा र दुई छोरी छन् ।

उनको बाल्यकाल बनारसमा बित्यो भने उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशताबिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *