कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीलाई आइसियुमा सारियो

चैत २५, काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । 

कोरोनाका लक्षणहरू खराब भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।  

एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको उत्तम हेरबिचार भइरहेको  बताएका छन् । 

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ । 

गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *