भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद

चैत २८, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भिडियो कन्फरेन्समार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग हालको कोरोना भाइरस रोकथाम र नियन्त्रणको स्थितिमा कसरी अनलाइन प्रणालीमा शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गरेका छन् । 

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गरेका हुन् । 

मन्त्री पोखरेलले विषम स्थितिमा हाल विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिई सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि पनि तयार रहन निर्देशन दिनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =