कोरोना भाइरसका कारण बेलायतमा १९ स्वास्थ्यकर्मीको मृत्यु

लन्डन । बेलायत कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण १९ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत १९ जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले सीएनएनलाई जनाएका छन् ।   

स्वास्थ्य मन्त्री हानककले कोरोना भाइरसबाट मृत्यु हुने स्वास्थ्यकर्मीहरुमा अल्पसंख्यक समुदायबाट भएकोतर्फ संकेत गरेका छन् । बेलायतमा इटालीमा सबभन्दा बढी मृत्यु भएको दिनकोभन्दा बढी कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको जनाइएको छ ।   

बेलायतमा पछिल्लो २४ घण्टामा ९८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बेलायतमा मात्रै ९ हजार पुगेको छ ।  कोरोना संक्रमित ७३ हजारभन्दा बढी छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *