ट्रम्पले मास्क नलगाउने

चैत २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि राष्ट्रपति ट्रम्पले भने मास्क नलगाउने बताएका हुन् ।   

उनले भनेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई म कसरी मास्क लगाएर स्वागत गरौँ ।’ उनले शुक्रबार जारी उक्त निर्देशन पालना गर्न आफू बाध्य नभएको पनि बताएका छन् । जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ । 

त्यहाँको सरकारी स्वास्थ्य सल्लाहकार विभागले  कोरोना संक्रमणलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई मास्क लगाउने सुझाव दिएको छ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९१ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *