‘डोनाल्ड ट्रम्प इतिहासकै असक्षम राष्ट्रपति, अमेरिकी नागरिक खतरामा’

चैत्र २६, काठमाडौं । ट्रम्पका कट्टर आलोचक अमेरिकी अर्थाशास्त्री तथा सार्वजनिक नीति विश्लेषक जेफरी डेविड साक्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले नागरिकलाई खतरामा पारेको आरोप लगाएका छन् ।  

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समेत रहेका साक्सले हालै ट्रम्पले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा नलिएको बताए । कोरोनाविरुद्धको प्रयास फितलो भएको उनको भनाइ छ । 

उनले ट्रम्प अमेरिकाको इतिहासमै सबैभन्दा असक्षम राष्ट्रपति रहेको बताउँदै आएका छन्। महामारीमा उनको प्रशासनले गरेको कामले त्यसलाई थप प्रमाणित गरेको उनले बताए ।  

अमेरिकामा मंगलबार एकै दिन १९ सय २४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार ७९५ पुगेको छ । ट्रम्पले भने अमेरिका उच्च जाेखिममा पुगिसक्दा पनि लकडाउन नगर्ने घाेषणा गरेका थिए । ट्रम्पले सुरूसुरूमा काेराेना भाइरसलाई चिनियाँ भाइरस भन्दै मजाग उडाउने गरेका थिए । उनले मास्क समेत लगाउँदैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *