कोरोना भाइरससँगको लडाइँ जिते बेलायती प्रधानमन्त्री जोनसनले

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट फिर्ता भएका छन् । उनले कोरोना भाइरससँगको लडाइँजितेर निवास फिर्ता भएका हुन् ।   

आइतबार उनी अस्पतालबाट डिस्चार्ज भएर निवास फर्केका प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताए । 

करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए ।  तर उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *