किम जोङ उनले त्यस्तो के गरे, जसकारण उत्तर कोरियामा पुगेन कोरोना !

चैत्र २३, काठमाडौं । उत्तर कोरियाको दाबी छ कि त्यहाँ एक जना व्यक्ति पनि कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छैनन् । यस दाबीमाथि अहिले प्रश्न उठ्न थालेको छ भने आशंका पनि बढ्दो छ ।  

उत्तर कोरियाले कोरोना संक्रमण नफैलनुको श्रेय आफ्नो सीमा बन्द गर्ने निर्णयलाई दियो । तर दक्षिण कोरियाका अमेरिकी सेनाका वरिष्ठ कमाण्डरले उत्तर कोरियाको उक्त दावीलाई झुट र असम्भव भनेका छन् ।  

उत्तर कोरियाका एक विशेषज्ञले भने त्यहाँ संक्रमणको मामिला अस्वीकार गर्न नसकिने तर ठुलो संख्यामा संक्रमण फैलने आशंका कम रहेकाे बताए ।  

जोन्स हप्किन्स विश्वविद्यालयको आँकडा अनुसार वर्तमान समयमा विश्वभर १० लाख बढी संक्रमित छने भने ५० हजार बढीको मृत्यु भइसकेको छ ।  

उत्तर कोरियामा केन्द्रिय एन्टि एपिडेमिक मुख्यालयका निर्देशक पाक म्योंग सूले शुक्रबार एक समाचार एजेन्सीसँग भने, ‘उत्तर कोरियामा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन । हामीले संक्रमण रोक्नका लागि पहिलेदेखि नै सक्रिय र वैज्ञानिक कदम उठायौँ । जस्तो कि विदेशबाट आएका मानिसहरुको खोजी र उनीहरुलाई क्वारेन्टाइनमा राख्नु । हामीले सबै सामानहरुलाई सेनिटाइज गर्यौँ । आफ्नो सबै जल, थल र वायु सीमाना पनि बन्द गर्यौँ ।’ 

के उत्तर कोरियाको दाबी सत्य हुन सक्छ ?   

दक्षिण कोरियाका अमेरिकी सेनाका कमाण्डर जनरल रोबर्ट अबराम्सले उत्तर कोरियाको सो दाबी गलत भएको बताए ।  

उनले एक अन्तर्वातामा भनेका छन्– ‘हामीलाई जानकारी मिलेको छ, उत्तर कोरियाको दाबी असम्भव छ । तर उत्तर कोरियामा हालसम्म कति संक्रमित छन् भन्ने यकिनका साथ भन्न सकिँदैन ।’ 

अमेरिकी वेबसाइड एनके न्युजका म्यानेजिङ एडिटर आलिव हान्टमले पनि उत्तर कोरियामा संक्रमण छैन भनेर विश्वास गर्न नसकिने बताए ।  

उनले भने, ‘यो विश्वास छैन कि उत्तर कोरियामा एक जना व्यक्ति पनि कोरोना संक्रमित छैनन् । किनकी उसको सीमा दक्षिण कोरिया र चीनसँग जोडिएको छ । उत्तर कोरियाको चीनसँग जस्तो किसिमको व्यापारिक सम्बन्ध छ, त्यसअनुसार पत्याउन सकिन्न कि कोरोना संक्रमितको संख्या शून्य छ ।’ 

यद्यपी उनले उत्तर कोरियामा ठुलो संख्यामा संक्रमित छन् भन्ने आशंका पनि नभएको बताए ।  

उत्तर कोरियाले संक्रमण संकटको सामना कसरी गर्यो ?   

उत्तर कोरियाले जनवरी अन्तिमदेखि नै आफ्नो सीमा बन्द गरेको थियो भने विदेशबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राखेको थियो । त्यो समय चीनमा तीव्र रुपमा फैलिएको थियो संक्रमण ।  

एनके न्युजको रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्नो १० हजार नागरिकलाई आइसोलेसनमा राखेको थियो । साथै ५ सय मानिसहरुलाई अहिले पनि क्वारेन्टाइनमा राखेको छ ।  

संक्रमणका केसहरु किन लुकाइरहेछ उत्तर कोरिया ? 

यदि उत्तर कोरियाले कोरोना संक्रमित छन् भनेर स्वीकार गरेमा उसको लागि यो हारको संकेत हुनेछ ।  

आलिब हैटम भन्छन् – ‘उत्तर कोरिया यो संक्रमणसँग कसरी संघर्ष गरिरहेको छ, यसबारेमा निकै चर्चा चलिरहेको छ । यदि यो मानिलिउँ कि त्यहाँ संक्रमणको केस छ, त्यो उसको लागि हार स्वीकार गर्नु जस्तै हुनेछ । यसबाट उत्तर कोरियाली मानिसहरु त्रसित हुनेछन् । यदि अत्यधिक संख्यामा संक्रमित मानिसहरु लुकाउन थाल्यो संक्रमण बढ्न सक्छ ।’ 

फ़्योडोर टेरटिटिस्की यो बताउँछन् कि संक्रमणको मामिला लुकाएर उत्तर कोरिया आफ्नो इमेज बचाउने कोशिस गरिरहेको छ ।  

उनले भने, ‘उत्तर कोरिया आफ्नो छवि खराब हुने जानकारी कहिले पनि दिँदैन । उनीहरुको आधारभुत नियम यो छ कि तबसम्म केही नबोल जबसम्म बोल्नका लागि उपयुक्त कारण तपाइँसँग छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *