काेराेना उपचारमा आवश्यक स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

  

चैत्र १९, काठमाडौं। सरकारले मेडिकल सामाग्री खरिदको लागि गरेको सम्झौता रद्द गरेको छ। सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्न ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्द गरेको हो।  

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र श्रेष्ठले सम्झौता रद्द गरिएको जानकारी दिए। सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको उनले बताए। 

सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको श्रेष्ठले बताए। ‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो,’ उनले भने, ‘उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन।’ 

उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो। महानिर्देशक श्रेष्ठले २० प्रतिशत महंगोमा सामान ल्याइएको समेत बताए। उनले तत्काल सामान चाहिएकोले महंगोमा किनिएको बताए। खरिद गरिएका र्‍यापिड टेष्ट किटमा शंका नगर्न उनले आग्रह गरे। 

उनले बिहीबार नयाँ प्रक्रिया शुरु हुने बताए। अब जसले पाँच दिनभित्र ल्याउनसक्छ उसलाई दिने श्रेष्ठले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =