ओपो : भ्वाईस एण्ड भिडियो कलको सफल परीक्षण

चैत २६, चीन । ओपोले पूर्णतः नेक्स्ट जेनरेशन फाइभजी नेटवर्कमा आधारित भई भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ । यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरीय फाइभजी अनुभव वास्तविकताको थप नजिक पुगेको छ । 

एरिक्सन र मिडियाटेसँंग सहकार्य गर्दै मिडियाटेकको डाइमेन्सिटी १ हजार सिरिज एसओसी सुसज्जित ओपोद्वारा परिमार्जित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोल्यूसनद्वारा सञ्चारित ईन्ड टू ईन्ड फाइनजी स्ट्यान्डअलोन (एसए) नेटवर्कको माध्यमबाट गरिएको हो । 

भीओएनआर पूर्णतः फाइभजी नेटवर्क (एसए आर्किटेक्चर)मा आधारित आधारभूत कल सेवा हो । पछिल्ला कल सेवासँग तुलना गर्दा भोओएनआरले उल्लेखनीयरुपमा कम बिलम्बता, सुदृढ आवाजको गुणस्तर तथा गुणस्तरीय दृश्यानुभूतिका साथमा समग्र प्रयोगकर्ता अनुभवमै सुधार प्रदान गर्छ । 

एसए आर्किटेक्चर भविस्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो । हाल वैश्विक अपरेटर्सहरु निकै सक्रिय रुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन् ।   

एसए आर्किटेक्चर मातहत भीओएनआर सपोर्ट गर्ने पहिलो मध्यकै एक मोबाइल फोन ब्राण्डका रुपमा प्रारम्भिक ग्रहणकर्ताहरुले समेत पूर्णतः समग्र फाइभजी अनुभवको मज्जा लिन सकुन् भन्नु ओपोको उद्देश्य हो । 

नयाँ पुस्ताका सञ्चार प्रविधिका लागि सबल प्राविधिक क्षमताका स्मार्टफोन निर्माताको आवश्यकता पर्ने हुँदा अपरेटर्स तथा सञ्चार उपकरण वितरकहरुका लागि छनोटका आधारमा पहिलो प्राथमिकतामा समेत पर्न सघाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *