आज चैत्र २४ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

बि.सं. चैत २४, २०७६ । इ.सं. 06 April, 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादी उत्तरायण वसन्त । सोमवार चैत्र शुक्लपक्ष । तिथि त्रयोदशी, १३:४१ बजे उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वफाल्गुनी, १०:१० बजे उप्रान्त उत्तरफाल्गुनी । योग वृद्धि, २१:४६ बजे उप्रान्त ध्रुव । करण तैतिल १३:४१ बजेदेखि गर, २४:३० बजे उप्रान्त वव । चन्द्रराशि सिंह । आनन्दादी योग ध्वज । दिनमान ३१।२२ । सूर्योदय ५:५१ । सूर्यास्त १८:२३ । महावीर जयन्ती । 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानशीक चिन्ता बढ्ने र मनमा सङ्का उत्पन्न रहला । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर राहनाले समस्या आउन सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ । 

– ज्यो.प. नारायणप्रसाद दुलाल   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =