कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्रीको निधन

चैत्र २५, काठमाडौं। लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ। एलायन्सका सेक्रेटरी खलेद अल-म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो।   

उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए। अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए। त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। 

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए। अहिलेसम्म लिबियामा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ। 

Former Libyan PM Mahmoud Jibril dies of COVID-19 in Egypt - UPI.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *