कोरोना आशंकामा भारतबाट फर्किएका व्यक्ति सेती प्रादेशिक अस्पतालमा

चैत्र २६, धनगढी। कोरोना संक्रमणको आशंकामा भारतबाट आएका एक व्यक्ति चेक जाँचका लागि अस्पताल पुगेका छन्। यही चैत १० गते भारतको बैङ्लोरबाट नेपाल पुगेका धनगढी उपमहानगरपालिकाका २२ वर्षीय युवक चेक जाँचका लागि सेती प्रादेशिक अस्पताल पुगेका हुन्। 

कोरोना भाइरस संक्रमणको आशंका गर्दै अस्पतालमा पुगेका युवकले स्वाबको नमुना सङ्कलन गरिदिन आग्रह गरेको अस्पतालका प्रवक्ता डाक्टर  जगदीशप्रसाद जोशीले बताए। डा. जोशीले युवकको थ्रोट स्वाबको नमुना सङ्कलन गरिएको बताए। उनकाअनुसार युवक भारतबाट फर्किएर घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका रहेछन्।   

युवकको नमुना सङ्कलन गरी फेरि धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएको छ। डा. जोशीले युवकमा कोरोना भाइरसको कुनै पनि शंकास्पद लक्षण नदेखिएको बताए। सेती अस्पतालले ती युवक सहितका चार जनाको नमुना सङ्कलन गरेको जनाएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *