दानपेटिकाको रकम कोरोना नियन्त्रण तथा राहतका लागि प्रदान

चैत्र २०, चितवन । जिरौनामा रहेको श्रीकृष्ण प्रणामी धर्मधाम जिरौनाले कोरोना नियन्त्रण तथा राहत वितरणका लागि रत्ननगर नगरपालिकालाई  ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।  

गत फागुन महिनामा संकलन भएको रकम कोरोना नियन्त्रणको लागि सहयोग गरिएको चितवन रत्ननगर जिरौना स्थित धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिए । 

मन्दिरको दर्शन गर्न आएका भक्तजनहरुले दानपेटिकामा हालेको रकम सहयोग गरिएको उनले बताए । धर्मधामका अध्यक्ष बरालले रत्ननगरका मेयर नारायण वनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  

नगरस्तरीय कोरोना नियन्त्रण कोषमा रहने गरी दानपेटिकामा संकलन भएको रकम आफुहरुले नगरपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष बरालले बताए ।  

मेयर वनले कोरोना नियन्त्रणको लागि हरदम प्रयास गरिरहेको भन्दै विदेशबाट आएकालाई सुरक्षित क्वारेन्टाइन र उनीहरुको दैनिक निगरानी गर्ने काम भइरहेको जानकारी दिए ।  

धर्मधामले प्रदान गरेको रकम कोरोना नियन्त्रण र अति विपन्नलाई राहत वितरण गर्ने काममा सदुपयोग गरिने उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =